टान निर्वाचन : सापकोटाको प्यानलमा को-को खुले ?

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को निर्वाचन भोलि हुँदैछ ।  टानका पूर्वअध्यक्षहरू तथा वरिष्ठ पर्यटन व्यवसायीले आ आफ्ना समर्थन रहेका प्यानललाई विज्ञप्ति  नै निकालेर मत माग्न थालेका छन् ।  


टानका पूर्वअध्यक्षहरू नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्यहरू तथा नेपाल पर्वतारोहण संघका निवर्तमान र वर्तमान अध्यक्षसहितको एउटा टोलीले भने रामप्रसाद सापकोटा (कमल)को समूहलाई समर्थन गर्दै सार्वजनिक अपिल जारी गरेका छन् । 



सामूहिक अपिल गर्नेमा पूर्व पर्यटन राज्यमन्त्री तथा टानकी पूर्वअध्यक्ष यांकिला शेर्पा, टानका पूर्वअध्यक्ष जेवी सिंह, प्रतिष्ठित व्यापारिक घराना यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पा,  नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष सन्तवीर लामा, टानका पूर्वअध्यक्ष नवराज दाहाल, टानका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य र नेपाल वायुसेवा निगमका पूर्व सञ्चालक समिति सदस्य फुर ग्याल्जेन शेर्पा, स्थापित पर्यटन व्यवसायी तथा टान र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे, पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानको पूर्वअध्यक्ष सीताराम सापकोटा, टानका पूर्व वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्यहरू राजेन्द्र सापकोटा, पम्फा धमलालगायत रहेका छन् । 



उनीहरूले सार्वजनिक अपिल गर्दै टानको उद्देश्य प्राप्तिका लागि दृढ, सचेत, अनुभवी र व्यवसायिक क्षमता भएको नेतृत्व आवश्यकता पर्ने बताएका छन् । त्यस्तो नेतृत्वले मात्रै ट्रेकिङ व्यवसायीहरूको समस्या समाधान गर्न सक्ने भएकोले सापकोटा समूहलाई जिताउन उनीहरुले अपिल गरेका छन् । 

सापकोटालाई माओवादी केन्द्र, नेकपा एमालेकै एउटा समूह, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित अन्य साना दलले समर्थन गरेका छन् ।

टानको अध्यक्षमा निलहरि बास्तोलाले पनि उम्मेदवारी दिएका छन् । उनी नेपाली काँग्रेस निकट हुन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।