शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

आइतबार, २९ साउन २०७९, ०७ : ४८
आइतबार, २९ साउन २०७९

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् ।

दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् ।"डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु । आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौ" दीपाले भनिन् ।

इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन । बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन् । यस्तै, पुष्पाले अर्को गोल थपिन् । इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे ।

यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप