बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दौड प्रतियोगिता सम्पन्न

आइतबार, २९ साउन २०७९, ०७ : २२
आइतबार, २९ साउन २०७९

दौड प्रतियोगिताको सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको दौड प्रतियोगितामा दीपसन ठकुरी पहिलो भएका छन् ।

पुरुषतर्फको पाँच किलोमिटर दौडमा ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । उनीहरुले १० हजार, सात हजार र पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।

उनीहरुले सात हजार, पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमा नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताए । 

केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । यस्तै काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले अन्तर्राष्ट्रिय युवा दिवसले समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहनकुमार बस्नेतले सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम तथा रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गरे ।

क्लबका पूर्वअध्यक्षत्रय नकुल हमाल ठकुरी, बालकृष्ण मैनाली र जगन्नाथ अर्याल तथा समाजसेवी कल्पना थापालगायतले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिताको खाँचो औँल्याए ।

क्लबका सचिव मनोज राजभण्डारीले क्लबले युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको जानकारी गराए । क्लबका अध्यक्ष रामकुमार बस्नेतले युवा वर्गलाई जीवनोपयोगी सीप र कौशलको विकास गरी उनीहरुको जीविकोपार्जन हुन सकेमा मात्र देश विकासमा सहयोग पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप