नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छिन् । उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिइन् । 


तीजको अवसरमा फिनल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, “यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिकै पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।”



नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उनले भनिन्, “अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ । यहाँहरु पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् ।”



विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढे जस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन् । कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवद्र्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिइन् । 

लामो समयदेखि फिनल्यान्डमा सक्रिय रहेको गुल्मी-रुपाकोट समाजका अध्यक्ष भक्तिराम भण्डारीले नेपालीलाई फिनल्यान्डमा बसोबासका लागि कुनै पनि समस्या नभएको बताए । उनले नेपाल र फिनल्याण्ड आवतजावतका लागि भिसा प्रक्रियाका लागि अर्को देश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे। कार्यक्रममा पाँच सयभन्दा बढी नेपालीको सहभागिता थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।