शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आणविक प्लान्टमा भएकाे आक्रमणबारे दोषारोपणमा रुस र युक्रेन

आइतबार, २९ साउन २०७९, ०६ : ३२
आइतबार, २९ साउन २०७९

युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता  बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो । 

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौँ सेना तैनाथ गरेको र हतियार भन्डारण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस् । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ । आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप