जलविद्युत्मा निजी क्षेत्रको बढ्यो चासो
पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् ।
विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ । विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवर्द्धनसम्म छन् । कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन परेको हो ।
हालसम्म सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् । नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवर्द्धक लगानी गर्न उत्साहित भएको स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपानका अध्यक्ष कृष्ण आचार्यले बताए ।
“नेपालको बिजुली खेर जान पाउँदैन भन्ने मनोबलले लगानीकर्तामा उत्साह छ, बजार पहुँचमा एकाधिकार अन्त्य भयो भने यो उत्साह अझै बढ्छ,” उनले भने । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु