शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको नाममा आएको पैसा समेत खाने सरकारले केही गर्दैन : रवि लामिछाने

शनिबार, २८ साउन २०७९, २२ : ४२
शनिबार, २८ साउन २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेटीको नाममा पैसा खाएकाहरुमाथि छानविन हुनुपर्ने बताएका छन् । उनले मधेश प्रदेशमा भएका विभिन्न विकास निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानीको समेत छानविन हुनुपर्ने बताए ।

शनिबार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले देखावटी रुपमा विकास निर्माणको काम गरेर मधेशीलाई ठग्न खोजेको आरोप लगाए । जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै मधेश प्रदेश सरकार निकम्मा हुँदै गएको बताउँदै उनले प्रदेशमा ल्याइएका हरेक विकास निर्माणका कामबाट कमिसन खाएर काम भैरहेको आरोप लगाए ।

छोरीको नाममा समेत पैसा खान पल्केको प्रदेश सरकारले जनताका लागि केही गर्छ भनेर सोच्नु नै गलत भएको उनको भनाई छ । राजनीति विना मुलुकमा परिवर्तन सम्भव नरहेकाले आफुले राजनीतिक यात्रा आरम्भ गरेको लामिछानेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप