बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको सहज जित

शनिबार, २८ साउन २०७९, २१ : ५१
शनिबार, २८ साउन २०७९

प्रिमियर लिग फुटबलमा साविकको विजेता टोली म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।  शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन इके गुन्डोगन, केभिन डी ब्रुयना र फिल फोडेनले एक–एक गोल गरे ।  एक गोल सिटीले आत्मघाती  उपहार पाएको थियो । खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । 

३१ औं मिनेटमा डी ब्रुयनाले गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो । ३७ औं मिनेटमा फोडेनले गोल गर्दा सिटीले ३–० गोलको अग्रता बनायो ।  ७९ औं मिनेटमा बर्नमाउथका जेफेर्सन लेर्माले आत्मघाती गोल गर्दा सिटीले ४–० गोलको सहज जित निकाल्यो । 

जितसँगै सिटीले दुई खेलमा ६ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा छ । पराजित बर्नमाउथको २ खेलबाट ३ अंक छ ।  आज नै भएको अर्को खेलमा साउथह्याम्पटनले लिड्स युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको छ । 
यसै समयमा भएका अन्य दुई खेल पनि बराबरीमा सकिए ।

फुलहम र उल्भ्ससँग गोलरहित बराबरी खेल्दा ब्राइटनले पनि न्युक्यासलसँग गोल रहित बराबरी खेल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप