बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक वर्ष ७० लाखको ज्यान लिने सुपरवगलाई ठिक पार्ने औषधी पत्ता लागेको अमेरिकी वैज्ञानिकको दावी

शनिबार, २८ साउन २०७९, २१ : ४८
शनिबार, २८ साउन २०७९

अमेरिकी वैज्ञानिकहरूले सुपरबगहरूविरुद्ध प्रयोग गर्न सकिने औषधिको विकास गरेका छन् । फ्याबिमायसिन नामक यस एन्टी–बायोटिकले अनुसन्धानका क्रममा सयौं प्रकारका सुपरबग ब्याक्टेरियालाई मारेको देखाएको छ । 
खासमा हचुवाका भर एन्टिबायोटिक औषधी प्रयोग गर्दा पछि हुने ब्याक्टेरिया संक्रमण प्राणघातक बन्न सक्छ । सामान्य औषधीले नछुने भएपछि सामान्य एन्टी ब्याक्टेरियाले निको हुने युटीआई (युरिनरी ट्रयाक इन्फेक्सन) ले मानिसको ज्यान लिन सक्छ । 

ब्याक्टेरिया बाहेक अन्य किटाणुले हुने रुघाखोकीहरु पनि एन्टिबायोटिक औषधी खाने र ब्याक्टेरियाले हुने रोगका लागि दिइएको एन्टिबायोटिक औषधी पुरा डोज नखादा सामान्य ब्याक्टेरिया नै सुपरबग बन्छन् ।  ती ब्याक्टेरियाहरुले तिनको क्रोमोजोमहरूले एन्टिबायोटिक औषधिको प्रोटिन अणुहरू भत्काउँछन् र तिनीहरूको विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छन् । 

वैज्ञानिकका अनुसार सुपरबगको पछिल्लो समय हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यसलाई ग्लोबल वार्मिङजस्तै गम्भीरतापूर्वक लिनुपर्ने विज्ञले बताउन थालेका छन् । 

अनुसन्धानमा ३०० भन्दा बढि सुपरबगहरूविरुद्ध प्रभावकारी

फ्याबिमायसिन एक मानव निर्मित औषधि हो, जुन पहिलोपटक मुसामा परीक्षण गरिएको थियो । वैज्ञानिकहरूले यस औषधिले मुसामा एन्टिबायोटिक प्रतिरोधी निमोनिया र यूटीआई पारेको छ ।  थप अनुसन्धान पछि यो औषधि सुपरबगको ३०० भन्दा बढी स्ट्रेन मार्न प्रभावकारी भएको पत्ता लाग्यो । 

औषधिको १४ संस्करण 

युनिभर्सिटी अफ इलिनोइसका वैज्ञानिकहरूले फ्याबिमाइसिनका १४ वटा संस्करण बनाएका छन् । यसले छालाको संक्रमण, रगतको विषाक्तता र विषाक्त शक सिन्ड्रोमजस्ता अवस्था निम्त्याउने सुपरबगहरूलाई मार्न मद्दत गर्न सक्छ ।

यी औषधीका भेरियन्ट मुसाहरूमा १० विभिन्न ब्याक्टेरियाहरूमा परीक्षण गरिएको थियो । यसमा युटीआई गराउने ई. कोली नामक ब्याक्टेरिया पनि सामेल थियो ।  यसको अतिरिक्त फेबिमाइसिनलाई फोक्सोमा संक्रमण गरेर निमोनिया गराउने के. निमोनिया ब्याक्टेरियाविरुद्ध पनि परीक्षण गरिएको थियो । 

सुपरबगको बढ्दो खतरा
अमेरिकी स्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरियाबाट प्रत्येक वर्ष २८ लाख प्रभावित हुने गर्छन्, जसमध्ये करिब ३४ हजार मानिसको मृत्यु हुन्छ । 
त्यस्तै बेलायतमा सुपरवगका कारण वार्षिक रूपमा सुपरबगहरूबाट प्रभावित हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप