शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीद्वारा कोपिला भ्याली अवलोकन

शनिबार, २८ साउन २०७९, २१ : ४१
शनिबार, २८ साउन २०७९

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित कोपिला भ्याली स्कुल अवलोकन गरेका छन् । मुख्यमन्त्री शाहीले आज उक्त स्कुलको शैक्षिक अवस्था, भौतिक संरचना, जनशक्ति व्यवस्थापन र बालबालिकाको पठन संस्कृतिबारे अवलोकन गरेका हुन् ।

कर्णालीका टुहुरा एवं बेसहारा बालबालिकालाई शिक्षा प्रदान गरी यहाँको शैक्षिक विकासमा सहयोग पु¥याउँदै आएको भ्याली स्कुल पुग्नुभएका उनले शिक्षण सिकाइ क्रियाकलाप, वातावरणीय अवस्था र जनशक्ति व्यवस्थापन राम्रो रहेको बताए । “हामीले स्कुल अवलोकन गर्नुको ध्येय भनेको सार्वजनिक विद्यालयलाई कसरी बलियो बनाउने र कर्णालीमा गुणस्तरीय शिक्षाको विकासमा के गर्न सकिन्छ भन्ने हो”, उनले भने, “यस विषयमा त्यहाँका संस्थापक एवं सिएनएन हिरो अवार्ड विजेता म्याग्गी डोयन र सहसंस्थापक टोपबहादुर मल्लसँग छलफल भयो ।” उनीहरुले यसमा चासो देखाएको मुख्यमन्त्री शाहीको भनाइ थियो । 

प्रकृतिसँग जोडिएको उक्त विद्यालयको मनोरम वातावरणमा पढ्ने, पढाउने मात्र नभई फार्मिङ, विभिन्न क्षेत्रसँग जोडिएको उद्यम एवं व्यवसायले विशेषगरी महिलालाई रोजगार दिएर वार्षिक रु दुई हजार डलर आर्जन गर्नमा सहयोग पुर्याएको भन्दै विद्यालय परिवारलाई उनले धन्यवाद दिए । मुख्यमन्त्री शाहीले अमेरिकामा जन्मेर कर्णालीको शैक्षिक विकासमा ठूलो योगदान दिएकोप्रति संस्थापक म्याग्गीको उच्च प्रशंसा गरे ।

मुख्यमन्त्रीसँगको भेटमा संस्थापक म्याग्गीले कर्णालीको शैक्षिक उन्नयनका लागि कुनै पनि काम गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री शाहीले उक्त स्कुलको अवलोकन फलदायी भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप