शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा डुबेर एक युवकको मृत्यु

शनिबार, २८ साउन २०७९, २१ : ०५
शनिबार, २८ साउन २०७९

दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप