बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी मिडियाले सलमान रुस्दीको कार्यक्रमको सुरक्षामा उठाए प्रश्न

शनिबार, २८ साउन २०७९, २० : ५५
शनिबार, २८ साउन २०७९

भारतीय मुलका ब्रिटिस लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्क सहरमा आयोजित एक कार्यक्रममा शुक्रबार चक्कु प्रहार भएको छ । उनको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखिएको छ । आक्रमणका कारण सलमान रुस्दीको कलेजोमा क्षति पुगेको र उनको एउटा आँखाको ज्योति गुम्ने आशंका गरिएको छ ।

न्युयोर्कको शटाक्वा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न गएका सलमान रुस्दीमाथि आक्रमण भएको थियो । रुस्दीमाथि हमलाको खबर विश्वसहित अमेरिकी सञ्चारमाध्यमले प्रमुखताका प्रसारण गरेका छन् । अमेरिकाका प्रायः सबै प्रमुख सञ्चारमाध्यमहरूले सलमान रुस्दीमाथि हमलाको समाचार प्रकाशित गरेका छन् ।

यस सम्पूर्ण विषयमा शटाक्वा संस्था अहिले सम्पूर्ण विषयमा सुरक्षा निकायसँग सम्पर्कमा छ । पेन अमेरिकाका सीईओ सुजैन नोसेललाई उद्धृत गर्दै यूएसए टुडेले ‘सलमानलाई उनका शब्दहरूका लागि निशाना बनाइएको छ’ लेखेको छ । 

के सुरक्षा व्यवस्था अपर्याप्त थियो ?

सीएनएनले दुई स्रोतलाई उद्धृत तयार पारेको रिपोर्टमा समारोहको लागि सामान्य सुरक्षा उपायहरू जस्तै झोलाको चेकिङ र मेटल डिटेक्टरहरूको प्रयोगलाई अस्वीकार गरिएको खुलाएको छ ।  कार्यक्रम सञ्चालकहरूले यस्तो व्यवस्थाले वक्ता र दर्शकहरू बीच भिन्नता महसुस गराउने भएकाले यस्तो उपाय अबलम्बन नगरेको स्पष्टीकरण दिएको छ ।

यद्यपी यी सुरक्षा उपाय अपनाएको भए आक्रमण रोकिने थियो भनेर भन्न गाह्रो छ । तथापि यस्तो सतर्कताले आक्रमणकारीले कार्यक्रममा चक्कु बोक्न सक्ने सम्भावना कम हुने थियो । 
एक प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा कुनै सुरक्षा जाँच नगरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप