औषधिमाथिको प्रतिबन्ध मानवता विरुद्धको अपराध : युक्रेन

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन् । स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू र गाउँहरूमा जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउने औषधिहरूको प्रवाहमा समेत अवरुद्ध गरेको बताएका छन् ।
विगत ६ महिनाको युद्धको अवधिमा रुसले मानवीय कोरिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन जसले गर्दा बिरामीहरूलाई अनुदानका औषधिहरू समेत उपलब्ध गराउन समस्या भएको छ।
मन्त्री लिआस्कोले यस्तो निन्दनीय कार्यलाई मानवता विरुद्धको अपराध र युद्ध अपराध भनेका छन् ।
युक्रेनी सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरुलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ। तर युद्ध शुरु भए यता अस्पताल र सडक लगायत अन्य थुप्रै पूर्वाधारको विनाशसँगै करिब ७० लाख मानिसको विस्थापनले यहाँको स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ। मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनले अगस्ट ११ सम्म अस्पताल र अन्य स्वास्थ्य सेवा सुविधाहरूमाथि ४४५ पटक आक्रमण भएको बताएको छ । ती आक्रमणहरूमा ८६ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो