शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलमा राष्ट्रपतिबाट लोकतन्त्र जोखिममा पर्न लागेको भन्दै प्रदर्शन

शनिबार, २८ साउन २०७९, २० : १८
शनिबार, २८ साउन २०७९

बिहीबार हजारौं ब्राजिलियन नागरिकहरु देशका लोकतान्त्रिक संस्थानहरूको रक्षाको सुनिश्चिता हुनुपर्ने मागसहित भेला भए ।  उनीहरु सन् १९७७ मा युनिभर्सिटी अफ साओ पाउलोको कानुन संकायमा भएको विशाल भेला भएकै स्थानमा जम्मा भएका थिए । 

तत्कालिन सैन्य तानाशाहको विरोधका लागि सन् १९७७ मा  विश्वविद्यालय प्राङगणमा भेला गरिएको थियो । त्यस अवसरमा ‘ब्राजिलियनहरुलाई एक चिठी’ को वाचन गरिएको थियो ।  आगामी अक्टोबरमा ब्राजिलमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर वर्तमान राष्टपतिले आगामी निर्वाचनमा हुने हार नस्वीकार्ने संकेत गर्ने गरेका छन् । 

पछिल्लो समय उनले निर्वाचन गन्ती आदि कुरामा सेनाको भूमिका बढाउनुपर्ने बताउन थालेका छन् । दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोले सत्ता हस्तान्तरण गर्न नमाने ब्राजिलको नाजुक लोकतन्त्र जोखिममा पर्ने तिनको चिन्ता छ । 
बिहीबारको सभामा पनि सन् १९७७ को भेलामा जस्तै एक घोषणापत्र वाचन गरिएको थियो । त्यसमा आठ लाख जनाले हस्ताक्षर गरेका छन् । 

‘कू को जोखिम बढेर गएकाले लोकतन्त्रको सुनिश्चितता गर्न हामी नागरिक समाज एकजुट भएर संघर्षमा उत्रिएका हौं,’ सन् १९७७ को चिठ्ठी र बिहीबार वाचन गरिएका दुई दस्तावेज लेख्न सघाएका पूर्व कानुनमन्त्री कार्लोस डियाजले भने । 

साओ पाउलो विश्वविद्यालयको कानुन संकायको जाने मुख्य गेट बाहिर विद्यार्थीहरुले प्रजातन्त्रको पक्षमा नारा लगाएर र्याली पनि निकालेका थिए । र्यालीका कारण रोकिएका ट्रक ड्राईभरहरुले हर्न र तालीले विद्यार्थीहरूप्रति समर्थन जनाएका थिए ।  बोल्सोनारोको लोकतन्त्रप्रतिको प्रतिबद्धता बारम्बार आशंका पर्ने पर्छ । उनले पटक–पटक देशलाई दुई दशकसम्म आक्रान्त बनाएको सैन्य शासकको प्रशंसा गर्ने गरेका छन् । 

उनले ब्राजिलमा मतदानको लागि प्रयोग हुने भोटिङ मेसिनहरुमा छेडखानीको सम्भावना रहेको बताउने गरेका छन् ।  मत सर्वेक्षणहरुमा बोल्सोनारो पूर्व राष्ट्रपति लुईज इनासियो दा सिल्भा(लुला) भन्दा दुई अंकको संख्याले पछाडि देखिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप