महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते
महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २-०३-०१९ प ११११ नं-को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा प्रदेश २–०३–०१९ प ११११ नम्बरको मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका–१६ का ३५ वर्षीय हरिशंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनकी श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ ।
त्यस्तै प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या