शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वअध्यक्ष उप्रेतीको स्मृतिमा श्रद्धाञ्जलीसभा

शनिबार, २८ साउन २०७९, १९ : ५९
शनिबार, २८ साउन २०७९

दोलखाको साविक नाम्दु गाविसका पूर्व अध्यक्ष स्व.शान्तबहादुर उप्रेतीको ११ औं दिनको पून्यतिथीमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । शनिबार काठमाडौंको पेप्सीकोलास्थित ग्रीनवीच एकेडेमीमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।

श्रद्धाञ्जलीसभामा नेकपा एमालेका नेता तथा दोलखा डेरी उद्योग लि.का अध्यक्ष लालकुमार केसी, स्व.उप्रेतीका भाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, वरिष्ठ अधिवक्ता लक्ष्मी प्र. उप्रेती,  प्राध्यापक शान्तिप्रसाद उप्रेती, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु बद्रीकुमार चौलागाईं, माधव उप्रेती, दुर्गाप्रसाद उप्रेती, श्यामप्रसाद उप्रेती, राजेश उप्रेती र हिरण्यराज उप्रेती लगायतले दोलखामा स्व. उप्रेतीले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताउँदै उनले देखाएको बाटोलाई पच्छ्याउँदा नै सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । श्रद्धाञ्जलीसभा डिट्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानकी उपाध्यक्ष भवानी उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सामाजिक गतिविधिमा बढी क्रियाशील भई जनताबीच लोकप्रिय रहेका उप्रेती २०४९ सालमा नाम्दु गाविसको अध्यक्ष भएका थिए । त्यसयता उनी राजनीतिका अलवा सामाजिक, आर्थिक र कृषि कर्ममा संलग्न रहेका थिए । उप्रेती दोलखा उद्योग डेरी लि.का सञ्चालक समिति सदस्य, कृषि र सहकारी अभियन्ता समेत रहेका थिए । उनको साउन १८ गते काठमाडौंमा सवारी दुर्घटना परेर निधन भएको थियो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप