मनिष बहराइनको क्लबमा अनुबन्ध

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

नेपाली राष्ट्रिय फुटबल टोलीका मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । मनिष बहराइनको क्लबमा एक सिजनका लागि अनुबन्ध भएका हुन् । बहराइनको दोस्रो डिभिजन क्लबले उनलाई २०२२–२३ को सिजनको क्लबमा भित्र्याएको हो । 


नेपालको ए डिभिजन क्लब मच्छिन्द्रबाट मनिषले गत सिजन लिग खेलेका थिए । इतिहादले सामाजिक सञ्जालमार्फत मनिषलाई अनुबन्ध गरिएको जनाएको छ ।  राष्ट्रिय टोलीका लागि मनिषले विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा डेब्यू गर्दै गोल पनि गरेका थिए ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।