वाइसिएलद्वारा वित्तीय साक्षरता तालिमको आयोजना
शनिबार, २८ साउन २०७९, १९ : १८
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ । ‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाइसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।
कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाइसीएलले जनाएको छ । युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।
वाइसीएल झण्डा र डण्डा बोकेर दगुर्ने संगठन नभएको भन्दै संयोजक देवकोटाले तालिममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थिति गराइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत