बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर समूहलाई रचनात्मक विद्रोह गर्न युवा नेताहरुको सुझाव

शनिबार, २८ साउन २०७९, १९ : १०
शनिबार, २८ साउन २०७९

नेपाली काँग्रेसका युवा नेताहरुले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर गगन समूहकै युवा नेताहरुले ध्यानाकर्षपत्र बुझाउँदै सो सुझाव दिएका हुन् । 

युवा नेताहरुले पछिल्लो समय भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफु अनुकूलका व्यक्तिहरुलाई मनोनयन गरेपछि  आफ्नै  समूहका नेताहरुले त्यसको विरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन्। उनीहरुले आफ्नै समूहका नेताहरुलाई घचघच्याई वर्तमान पार्टी नेतृत्वको विरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको महाधिवेशन प्रतिनिधि निरञ्जन थापाले बताए।

सोही क्रममा शनिबार लामो समय विद्यार्थी राजनीति गरेका र अहिले नेपाली काङ्ग्रेसका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले  शेखर कोइराला लगायतका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  उनीहरुले नेताहरु धनराज गुरुङ, गगन थापा,अर्जुननरसिंह केसी, डा.रामशरण महत, बलबहादुर केसी,सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य नेका हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेहरूमा निरञ्जन थापा,लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङले नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप