यूएईमा आदिवासी महोत्सव-२०२२ हुँदै
शनिबार, २८ साउन २०७९, १८ : ५३
आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो।
उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको स्टल, पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला,सांस्कृतिक झाँकी प्रदर्शन हुने आदिवासी जनजाति महासंघ यूएईकी अध्यक्ष विजय लक्ष्मी राईले जानकारी दिइन्। स्थानीय कलाकारहरूको समेत प्रस्तुत रहने उक्त कार्यक्रममा आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डेजिनस -२०२२ प्रतियोगिता समेत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा