बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने

शनिबार, २८ साउन २०७९, १८ : २२
शनिबार, २८ साउन २०७९

जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ । अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो निर्णय गरेको हो ।

जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूमा एस्बेस्टोस प्रयोग गर्ने र त्यसले पाठेघरको क्यान्सर गराएको आरोप लगाउँदै महिलाहरूले कम्पनी विरुद्ध करिब ३८,००० मुद्दाहरू दायर गरेका छन् । तर कम्पनीले दशकौँको अनुसन्धानले आफ्ना उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको दाबी गरेको छ। कर्नस्टार्चमा आधारित पाउडर विश्वका विभिन्न देशमा बिक्री भइसकेको पनि कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप