बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्टुनको माध्यमले भ्रष्टाचारमाथि तिखो प्रहार

शनिबार, २८ साउन २०७९, १८ : १६
शनिबार, २८ साउन २०७९

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भ्रष्टाचार विरुद्ध जनता सचेतसहित विरोधमा उत्रिनुपर्ने अपरिहार्यता रहेको बताएका छन् । शनिबारदेखि जनकपुरधाम स्थित नेपाल बार एशोसिएसन जनकपुरधामको सभाकक्षमा सुरु भएको दुई दिवसीय कार्टुन प्रदर्शनीको अवलोकन गर्दै गृह तथा सञ्चार मन्त्री साहले भ्रष्टाचार विरुद्ध आमजनता खुलेरै उत्रिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

गृह तथा सञ्चारमन्त्री साहले कुनै पनि देशमा जनताले खुलेआमरुपमा शासकको समेत कठोररुपमा विरोध नगर्दासम्म कर्मचारीतन्त्रमा गाँजिएका सरकारले पनि केही गर्न नसक्ने बताए । उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा सबै जना एकमत रहे पनि प्रायः कर्मचारी, शासक र जनताको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मौनता साँध्दै भ्रष्टाचारलाई अङ्गालिरहेको बताए । मुलुकमा मौलाएको भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका ५० भन्दा बढी कार्टुनहरू प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको कार्टुन प्रदर्शनी कार्यक्रम आइतबारसम्म जारी रहने क्लबका सदस्य केशव राज खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप