सुर्खेत–२ (ख)बाट बडुवालले उम्मेदवारी दिने
सुर्खेतको निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । समाजवादीको जिल्ला अध्यक्ष समेत रहेका बडुवालले शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको बैठकमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
बडुवाल गाउँ कमिटी सचिव हुँदै एमाले विभाजन हुनुभन्दा अघिसम्म एमालेको सुर्खेत जिल्ला सचिव थिए । त्यसपछि नेकपा हुँदा उनी नेकपा कार्यालय सदस्य थिए । ०७४ को निर्वाचनमा उनी एमालेबाट प्रदेश सभा सदस्य पदका लागि सिफारिस भएका थिए ।
यद्यपी पछि बाम गठबन्धन बनाएर जाने सहमति भएपछि माओवादी केन्द्रको भागमा परेको थियो । अहिले समाजवादीको प्रदेश सचिवालय सदस्य समेत रहेका उनले (ख) चुनाव लड्ने गरि यसअघिदेखि नै तयारी थालिरहेको बताए । बडुवालले गठबन्धन हुँदा पनि (ख)मा समाजवादीको दाबी रहने बताए । उनले रातोपाटीसँग भने,‘ संघ र प्रदेशका चार क्षेत्रमध्ये एउटामा हाम्रो दाबी रहन्छ । त्यो भएकाले हाम्रो जनमत पनि केही राम्रो भएकाले (ख) मा दाबी रहन्छ । त्यो भएकाले चुनाव लड्ने घोषणा गरेको हुँ ।’ (ख) अन्तर्गत क्षेत्र नं.–२ का बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान