दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने
शनिबार, २८ साउन २०७९, १७ : ४६
बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो ।
आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग खेल्दैछ । शनिबार राति मात्रै दर्ता हुने खेलाडीमा फ्रान्क किसे, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हा छन् ।
यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन् । यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन् । यद्यपि, यी खेलाडी पनि शनिबार राति दर्ता भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट