शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर समूहका नेताहरुले भने, ‘४० प्रतिशत चाहियो’

शनिबार, २८ साउन २०७९, १७ : ३२
शनिबार, २८ साउन २०७९

नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै सो समूह शनिबार छलफलमा नजुटेको थियो ।

काठमाडौँको बत्तिसपुतलीमा काँग्रेस नुवाकोटका पूर्व सभापति तथा युवा नेता जगदीश्वरनरसिंह केसीको संयोजनमा गरिएको बैठकमा दोस्रो तहका नेता सहभागी थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य,गुरु घिमिरे सहित युवा नेताहरू मनोजमणि आचार्य , केशव सिंह ,रञ्जित कर्ण , सुवास पोख्रेल ,डिल्लीराम सुवेदी , गोमा केसी , कुसुम थापा सहित ८० जनाको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

भेलाको संयोजन गरेका नेता केसी भने, ‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय गर्नु नहुने भए भागबन्डामा जानुपर्ने अवस्था आयो ।’ 

‘न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहियो’ केसीले थपे, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप