युक्रेन युद्धपछि रुसी अर्थतन्त्र खुम्चिएर चार वर्ष पछि धकेलियो
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसी अर्थतन्त्र चार वर्षले पछाडि धकेलिएको छ, त्यो पनि एकै त्रैमासिकमा । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ ।
शुक्रबार बैंक अफ रसियाले सार्वजनिक गरेको तथ्याङ्कले देशको कुल ग्राहस्थ उत्पादन कोरोना कालको प्रारम्भिक अवस्थापछि पुन खुम्चिएको देखाएको छ । तर पश्चिमी विश्लेषकहरूले प्रतिबन्धले रुसी अर्थतन्त्रमा जति असर गर्नेछ भनेर प्रक्षेपण गरेका थिए, त्यस्तो असर देखिएको छैन ।
तथापि रुसको अर्थतन्त्र ४ प्रतिशतले खुम्चिएर सन् २०१८ को स्तरमा पुगेको ब्लुमवर्ग इकोनोमेक्सले लेखेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले रुसी निर्यातमा ठूलो धक्का लागेको छ ।
कार निर्माणजस्ता विभिन्न निर्माण उद्योगहरू ठप्प प्राय छन् । त्यस्तै उपभोक्ताको खर्च पनि घटेको छ । रुसी अर्थतन्त्रमाथिको प्रतिबन्धको असर अपेक्षित रूपमा बढी नभए पनि यो बिस्तारै बढ्दै जाने र आगामी वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी प्रभाव हुनेछ ।
‘अर्थतन्त्र नयाँ दीर्घकालीन सन्तुलनतर्फ अघि बढ्नेछ । अर्थतन्त्रको पुनर्संरचना एक चरण पुरा भएपछि यसको वृद्धि हुन थाल्नेछ,’ मस्कोमा बोल्दै बैंक अफ रसियाका सहायक गर्भनर एलेक्सी जाबाट्कीनले भने । बैंक अफ रसियाले मुद्रा नियन्त्रणमार्फत बजार तथा रुबलको अस्थिरतालाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएकाले रुसी अर्थतन्त्रमा न्युन प्रभाव देखिएको हो ।
गत महिना बैंकले अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभाव पर्न नदिन वित्तीय अनुदान र पटक पटकको मौद्रिक नीति लागु गर्यो । यी सब कदमका बाबजुद रुसको अर्थतन्त्र यो त्रैमासिकमा ७ प्रतिशतले खुम्चिने र वर्षको अन्तिम तीन महिनाको असर थप घातक हुने बैंक अफ रसियाले अनुमान गरेको छ ।
ब्लुमवर्गबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
-
सुर्तीजन्य पदार्थको शत प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत