थानकोटमा चिया पसल सञ्चालकलाई रड प्रहार गर्ने दुईजना पक्राउ
काठमाडौँको थानकोट स्थित चेकपोस्टमा चिया पसल सञ्चालकलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन २४ मा दिउँसो १ बजे चिया पसल सञ्चालक २७ वर्षका राजु केसीलाई दुई जनाले रडले हानेर भागेका थिए ।
रड प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ घर भएर रानिवारी बस्ने सागर श्रेष्ठ र नुवाकोटको दुप्चेश्वर–२ घर भएर बाफल बस्ने अशोक बोगटी छन् । उनीहरूलाई डल्लु र रानिबारीबाट पक्राउ गरेर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
चिया पसल सञ्चालक चन्द्रागिरि नगपालिका–७ घर भएका केसीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । पल्सर मोटरसाइकलमा आएका दुई जनाले उनलाई टाउकोमा रड प्रहार गरेर भागेका थिए । रड प्रहार गरेर भाग्नेहरू १९ लटको मोटरसाइकल चढेर आएका थिए । सो क्लूको आधारमा प्रहरीले उनीहरूलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ