५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको दाबी गरे ।
५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए । उनले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने–‘एमालेको अघि सारेको कुरादेखि आत्तिएर ५ दलीय गठबन्धन बनाएका छन् । ५ दलले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिरहेका छन् । कहिले ८ दलीय गठबन्धन बनाउने भनेर कुदेको छ । यो गठबन्धन किन बनाउनुपर्यो ? आफू आफू चुनाव लडेर अनि को को मिलेर सरकार बनाउने भने भइहाल्यो नि । तर उहाँहरूलाई को को मिलेर सरकार बनाउने भन्दा पनि एमालेले बहुमत ल्याइहाल्छ अरूले के बनाउने भन्ने भएको छ । त्यस कारण एमालेलाई बहुमतबाट रोक्नका लागि यो गठबन्धन बनेको हो । तर म जहाँ जान्छु त्यहाँका जनता सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि दृढ संकल्पित रहेका छन् ।’
एमालेले मात्रै सुखी नेपाली समृद्ध नेपाल बनाउने भनेर जनताले बुझेको दाबी गरे । उनले साहित्यकार, मजदुर, किसान, प्राध्यापक, सेना प्रहरी, कर्मचारी सबैको भावना नेकपा एमाले विजयी हुनुपर्दछ भन्ने रहेको बताए । नेपाललाई ओरालो लाग्नबाट बचाउन र देश बनाउनका लागि एमाले चाहिने उल्लेख गरे । अध्यक्ष ओलीले नेपालमा जातीय द्वन्द्व गराउन खोजे पनि असफल भएको बताए । उनले रुवान्डामा हुतु र तुत्सी जातीको लडाइँको प्रसङ्ग निकाल्दै अहिले उनीहरूले बनाएको संविधानमा जातको उल्लेख गर्न नपर्ने व्यवस्था गरेको बताए । उनले जातको आधारमा राजनीति गर्न नहुनेमा जोड दिए ।
उनले शेर्पा जाती कुवाको भ्यागुतो जस्तो नभई आकाशमा उड्ने बाजजस्तो शक्तिशाली भएको बताए । यति उचाइमा शेर्पा कसरी बस्छ भनेर अहिले उनीहरूको फोक्सो परीक्षण भइरहेको, रगत जाँचको काम भइरहेको समेत दाबी गरे । उनले सबैभन्दा पहिला शेर्पा नपुगीकन अरू सगरमाथामा पुग्न नसकेको बताए ।
देश र जनता जागेको बताए । हिमाल पारी खोचमा रहेका जनता पनि जागेको बताए । तराई मधेसलाई झुक्याएर लान खोजेको बताउँदै आज तराई मधेस जागरूक भएको बताए । उनले नेपालका आदिवासीलाई भड्काउन खोजिएको, बिथोल्न खोजिएको बताए । उनीहरूको भावनासँग खेल्ने दुष्प्रयास भएको बताए । उनले ताप्लेजुङदेखि लिम्पियाधुरा कालापानीसम्म दुर्गम भेग भनिएका ठाउँसम्म जनता जागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन