शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साग पदक विजेता सम्मानित

शनिबार, २८ साउन २०७९, १६ : ०५
शनिबार, २८ साउन २०७९

१२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् ।

बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औँ सागमा रजत र नेपालमै भएको १३औँ सागमा थाउलोतर्फ  काँस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान मन्दिरमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा–१ का अध्यक्ष सुरेन्द्र लामा, वडा–३ का अध्यक्ष आकाश धिताल र वडा–५ का अध्यक्ष कृष्ण शाह ठकुरी पनि सम्मानित भए ।

उनीहरूलाई नेपाल कुङ्फु संघका अध्यक्ष सीताराम हुमागाईं, बालविकास बोर्डिङ हाई स्कुलका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बुढानीलकण्ठ कुङ्फुका प्रमुख सुकुमान लामा र नेपाल व्यायाम सेन्टरका विनोद महर्जनले सम्मानपत्र प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप