रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । भेटघाटमा भक्तपुरको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको भक्तपुर नगरपालिकाले जनायो ।



भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरको महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदान स्तरोन्नतिमा ध्यानाकर्षण गराए । मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।



नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरूमा पूर्णकालीन खेल प्रशिक्षकहरुको नियुक्तिका साथै अन्तर नगर खेलकुद र अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिकको जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताए । उनले भक्तपुर नपाको ठाउँठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गराए ।



भेटघाटमा ख्वप कलेज अफ इन्जिनियरिङका ई। अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गरेका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।