बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोनिया गान्धी फेरि कोरोना सङ्क्रमित

शनिबार, २८ साउन २०७९, १५ : ४२
शनिबार, २८ साउन २०७९

भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएका छन् । उनी कोरोना भाइरसबाट अहिले दोस्रोपटक सङ्क्रमित भएकी हुन् । गान्धी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् । उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । 

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको काँग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियंका गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।  भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । –एएनआई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप