शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हार्ड रक क्याफेको ‘लिजेन्डरी बर्गर’

शनिबार, २८ साउन २०७९, १४ : ४३
शनिबार, २८ साउन २०७९

खानाको पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ‘हार्ड रक क्याफे’ । अझ बर्गरका पारखीहरूका लागि दरबारमार्गस्थित शेर्पा मलमा रहेको हार्ड रक क्याफे एउटा नयाँ गन्तव्य हुन सक्छ । 

यो विश्व चर्चित ‘हार्ड रक क्याफे’ को फ्रेन्चाइज रेस्टुरेन्ट होे । सन् १९७१ मा लन्डनमा पहिलोपटक स्थापित हार्ड रक क्याफे यतिबेला नेपाली माझ पनि प्रिय बनिरहेको छ । विश्व चर्चित संगीतकर्मीहरू माइकल ज्याक्सन, लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्सन लगायतलाई यादगार बनाउने सामग्रीहरूको प्रदर्शन गर्नुका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र कक्टेल्सहरु उपलब्ध गराउँदै आएको छ । 

क्याफेको मेनुको मुख्य आकर्षणमा ‘बर्गर आइटम’ रहेको छ । आज रातोपाटीको विशेष खानाबार सेग्मेन्टमा हामीले हार्ड रक क्याफेको लिजेन्डरी बर्गरको रेसिपी प्रस्तुत गरेका छौँ । पाहुनाको माग र स्वादमा विशेष मानिएको लिजेन्डरी बर्गर कसरी तयार गर्ने त ?, हेरौँ :

रेसिपी

बफ प्याटिज (नुन, मरिच, मसिनो काटेको प्याज सल्ट, अदुवा र प्याजको धुलो मिसाए) 

गोलभेडा

लेटस

बर्गर बन

चेडर चीज 

रेड ओनियन रिङ ‘फ्राइड’

फ्रेन्च फ्राई

सीराचा मायो

अब, कसरी बनाउने त विशेष लिजेन्डरी बर्गर ? हार्ड रक क्याफेका सेफ कालिदास भण्डारीका साथमा तयार लिजेन्डरी बर्गर विशेष भिडियो ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप