शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर

शनिबार, २८ साउन २०७९, १४ : ३८
शनिबार, २८ साउन २०७९

तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् । 

‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए ।

तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप