शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सबै नेताहरुको सम्पति छानविन गर्नुपर्छ : प्रकाशचन्द्र लोहनी

शनिबार, २८ साउन २०७९, १४ : ०७
शनिबार, २८ साउन २०७९

राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने बताएका छन् । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताए । 

आज काठमाडौंको टोखा नगर कार्य समिति र महानगर वडा नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘परराष्ट्र नीति सत्ता जोगाउन हैन राष्ट्र जोगाउन प्रयोग गर्नुपर्छ ।’ उनले कर्मचारीलाई दासको रुपमा नभई राष्ट्रसेवकको रुपमा व्यवहार गर्नुपर्ने समेत बताए । उनले भने, ‘कर्मचारीलाई दासको रुपमा नभई राष्ट्रसेवकको रुपमा व्यवहार गर्नुपर्छ । लक्ष्यअनुसार काम गर्ने कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्छ ।’

नेता लोहनीले खाद्यान्न उत्पादन बढाउन तराईमा उत्पादन हुने वस्तुका लागि छुट्टै बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । तराईमा उत्पादित वस्तुहरु आकर्षक मूल्यमा खरिद गरि सरकारले बजार व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । राप्रपा कुरामा नभई काममा विश्वास गर्ने पार्टी भएको बताउँदै लोहनीले आगामी निर्वाचनमा मतदान गर्न पनि सबैलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप