एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता, के–के भयो कुराकानी ?
शनिबार, २८ साउन २०७९, १३ : ५१
एमाले अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ । ‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए ।
अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड