संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने
संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेका हुन् ।
शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टे प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताए । सो दुई घण्टे धर्ना कार्यक्रम एक सातासम्म चल्ने मन्त्री साहले बताए ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने सो धर्नामा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरुको सहभागिता रहने मन्त्री साहले बताए । पहिलो चरणको आन्दोलनबाट पनि संघीय सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भिरता नदेखाए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री साहले बताए ।
उक्त आन्दोलनमा अन्य प्रदेश सरकार तथा सबै पक्षलाई सहयोग प्रदान गर्नका लागि समेत मन्त्री साहले आह्वान गरे । उनले नागरिक समाज, नागरिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मीलगायत सबैसँग समर्थनका लागि आग्रह समेत गरे ।
यस अघि गत साउन २२ मा मधेस प्रदेश सरकारले ७ दिने अल्टिमेटम सहित प्रदेश प्रमुख मार्फत प्रहरी समायोजनका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु