मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो

शनिबार, २८ साउन २०७९, ११ : ५०
शनिबार, २८ साउन २०७९

उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो । यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए । 

नेता किम स्वयम् कोभिडबाट संक्रमित भएको पनि बताइएको थियो । यसै साता प्योङयाङले  दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो ।  उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी पनि दिएको थियो ।

देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको पनि उक्त संस्थाले जनाएको छ । 

उत्तर कोरियामा कोभिडबाट मृत्यु हुने मानिसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप