२ अर्ब १६ करोड २७ लाख रुपैयाँको बोसो आयात
शनिबार, २८ साउन २०७९, ११ : ४४

नेपालमा गत आर्थिक वर्ष विदेशबाट २ अर्ब १६ करोड २७ लाख रुपैयाँभन्दा बढीको बोसो आयात भएको छ । विदेशबाट एकै वर्षमा अर्बभन्दा बढीको जनावरको प्रशोधित बोसो आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १६ करोड २ लाख किलोग्राम बोसो आयात भएको छ । नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने गरेको विभागले जनाएको छ ।
गत वर्ष भारतबाट सबैभन्दा धेरै २ अर्ब ४ करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ । यस्तै, अष्ट्रेलीयाबाट ३ करोड ७३ लाख रुपैयाँको र न्यूजील्याण्डबाट ७ करोड ९८ लाख रुपैयाँको बोसो भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?
काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन