सलमानले मारेको कालो हरिणको सम्झनामा स्मारक बन्ने
बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाइएको छ । सलमानलाई केही समयअघि लरेन्स बिश्नोई समूहले ज्यान मार्ने धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हरिणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो हरिण मारेको आरोप छ । २४ वर्षअघि फिल्म ‘हम साथ साथ है’ को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।
कालो हरिणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा कालो हरिणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हरिणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ ।
यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ । गाउँको मन्दिरमा राख्नका लागि कालो हरिणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।
स्थानीय हनुमान राम विश्नोईले सलमानले हरिण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जो कोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल