लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
शनिबार, २८ साउन २०७९, ११ : ०७
रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्युँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
सत्ता समीकरण तीन वर्षसम्म चल्छ : महामन्त्री थापा
-
नेपालको पर्यटन क्षेत्रमा सन् २०३० सम्म कसरी नयाँ आयाम ल्याउन सकिन्छ ? ||LIVE||
-
यो देश बनाउन विश्वविद्यालयमा पढ्नैपर्दैन, दिव्योपदेश पढे पुग्छ
-
प्रेस चौतारी नेपालद्वारा ११ बुँदे काठमाडौँ घोषणापत्र जारी
-
सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु