मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु
शनिबार, २८ साउन २०७९, १० : ४२
मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो ।
पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा