शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

शनिबार, २८ साउन २०७९, १० : ३७
शनिबार, २८ साउन २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ कारोबार दिन घट्यो । जसले गर्दा एकै हप्तामा ७५ अंकभन्दा बढीको गिरावट आएको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्समा समेत १४.७८ अंकको गिरावट आएको छ ।

परिसूचक उल्लेख्य मात्रामा घटेको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो साता १९ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो ।


परिसूचकसँगै कारोबार रकम पनि घटेपछि नेप्सेको बजार पूँजीकरण पनि घटेको छ । साताभरमा साढे ३ प्रतिशतले घटेर २९ खर्ब १० अर्ब रुपैयाँमा आइपुगेको छ । गत सातासम्म नेप्सेको कूल बजार पूँजीकरण ३० खर्ब १५ अर्ब रुपैयाँ थियो । यो साताभरमा कूल बजार पूँजीकरण १ खर्ब ५ अर्ब रुपैयाँले घटेको हो ।

साताभरमा कारोबारमा आएका सबै समूह घटेका छन् । जसमध्ये समूहमा सबैभन्दा बढी गिरावट आउँदा म्युचुअल फण्ड समूहमा न्यून गिरावट आएको छ । यो साता अन्य समूहमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप