पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग
शनिबार, २८ साउन २०७९, ०८ : ४३
अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ ।
पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ ।
पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस्तानी अभिनेता र फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ फेब्रुअरी २६ मा भारत तर्फबाट जवाफमा बालाकोटमा एयर स्ट्राइक भएपछि पाकिस्तानमा पनि भारतीय फिल्ममा प्रतिबन्ध लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार