वाईसीएलले वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै
शनिबार, २८ साउन २०७९, ०८ : ३४
नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गरिएको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए।
युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने , समाजवादको आधार तयार गर्न राजनीतिक ,वैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरण भेलाको एजेण्डा रहने संयोजक देवकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’