शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

शनिबार, २८ साउन २०७९, ०७ : ४९
शनिबार, २८ साउन २०७९

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।

हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र डिजिटल हस्ताक्षर गराउने कार्य (लाइभ इनरोलमेन्ट) गरिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप