मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मोन्टेनेग्रोमा पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

शनिबार, २८ साउन २०७९, ०७ : ४६
शनिबार, २८ साउन २०७९

मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

छलफलमै सहभागी आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । 

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर आक्रमणकारीको हत्या गरेपछि आक्रमणको शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप