डायलाइसिस मेसिन आयो, प्राविधिक नभएपछि जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलाइसिस प्रमुख लीना बडेलले बताइन् ।
मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन् । रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उनले भनिन्, “प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।”
अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलाइसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताइन् ।
त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।
उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलाइसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण