शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : मेरो सानो घर

शनिबार, २८ साउन २०७९, ०६ : ११
शनिबार, २८ साउन २०७९

“सानी म जान्न भो विदेश, ल राख पासपोर्ट र झोला ।”

“हैन के भयो हजुरलाई ? अर्को हप्ता फ्लाइट भन्दै हुनुहुन्थ्यो । फेरि केही खबरै नगरी घर आउनुभयो त ।”

“फ्लाइट त थियो नि । तर, मेरो लागि थिएन सानी !”

.....

बिहानको नौ बजेको हुँदो हो ६०–७० जना युवाहरूको भीड थियो, मेनपावरको आँगनैभरि । अधिकांशको गुनासो सम्बन्धित विदेशी कम्पनीले सम्झौता गरेअनुसारको काम र तलब नदिएको, श्रम शोषण गरेको भन्ने थियो । 

यी कुरा तल आँगनमै सुन्दा मन अमिलो भएर आएको थियो । माथि अफिसभित्र पनि त्यही कुरा दोह¥याउँदै चर्को चर्को आवाजमा भनाभन गरेको सुनेँ, त्यसले मलाई थप सशङ्कित बनायो । धेरैबेरको पर्खाइपछि अफिसभित्र जाने मेरो पालो आयो । ढोकामा उभिरहेको चौकीदारले भित्र जाने अनुमति दियो । गएँ भित्र, नमस्ते गर्दै । 

“ए आदर्श सर ! आउनु भएछ, ल बस्नुस् । चिया, कफी के पिउनुहुन्छ ?”

 २÷३ पटक पहिला पनि भै भइसकेको हुनाले पनि होला सायद मेरो नाम मुखास्त थियो, सेकेन्ड म्यानलाई । एक छिनमा कपी हातमा दिइन् सेक्रेटरीले । 

“तपाईं भाग्यमानी हुनुहुँदो रहेछ । यति चाँडै यति राम्रो कम्पनीमा दुबई जान पाउनुभयो । ल यी तपाईंको भिसा लागेको पासपोर्ट र टिकट । अर्को हप्ताको आइतबार राति छ तपाईंको फ्लाइट । पैसा खनखन गन्ने मुलुक जानुहोस् ।”

एकजना उमेरले दाइजस्तै देखिने मान्छे जबरजस्ती शैलीमा अफिसभित्र छि¥यो र चर्को चर्को स्वरमा भन्यो– “भाइ ! यो सब नाटक हो । मैले तपाईंहरूको सबै कुरा सुनेँ । यो कम्पनीले मलाई पनि दुबईको प्रतिष्ठित कम्पनी भनेर किर्ते कम्पनी आफैँ बनाई मेरो बिजोक पा¥यो ।”

उनको कुरो सुनेर हातमा भएको कागज ओल्टाइ पल्टाइ हेर्न थालेँ । उनी अझ नजिक आएर मेरो हातको कागज तानेर हेर्दै बोले, “म हिजो मात्रै दुबईबाट फर्केको हुँ । खै तपाईंको कुन कम्पनी रहेछ, हेरौँ त ! ए यही क्याटरापुम कम्पनी नै रहेछ, यो कम्पनी त दुबईमा छैन भाइ । मेरो त भन्ने काम हो तपाईंलाई भनिदिएँ ।”

“घरबाट बिदा भएर आइसकेँ । अब कसरी घर फर्कने त दाइ ?”

“भाइ सम्झनुस्, यो काठमाडौं तपाईंकै घर हो । जब हामीलाई प्लेनले बोकेर विरानो मुलुक पु¥याउँछ, त्यहाँ हाम्रो कोही हुँदैन । जुन कम्पनी भनेर गएका हुन्छन् नेपालीहरू, त्यस कम्पनीबाट हप्तौँ दिनसम्म एयरपोर्टमा लिन नआएपछि मेरो हालत के भयो होला ! 

हामी सात जनामध्ये । एकजनाको अङ्ग्रेजी भाषा राम्रो रहेछ, उसैले कुरा ग¥यो एयरपोर्टका अधिकारीहरूसँग । पानी मात्रै खाएर ज्यान बचाइयो । कुर्सीमा सुत्यौँ, सात दिनसम्म हामी । यता नेपालतिर फोन गर्दा नआत्तिनुस्, लिन आइहाल्छ भनी मात्रै रह्यो । 

दुबई एयरपोर्टका अधिकारीहरूले कति प्रयास गर्दा पनि त्यो क्याटरापुम कम्पनीको मालिकलाई त्यहाँ उपस्थित गराउन सकेनन् । खै अरू कुराकानी त के के भयो, मलाई अङ्ग्रेजी भाषा खासै नआउने । सात दिनपछि हामीलाई एयरपोर्टबाटै नेपाल फर्काइदिए । ती अरू साथीहरू पनि एकछिनमा आउँदैछन् यहाँ । 

कहाँ यति मात्रै हो र भाइ, अस्ति भर्खरै मात्र एकजना गोर्खाकी दिदीलाई त झन् इजरायल भनेर बम्बै पु¥याएछन् । सँगै मेनपावरबाट गएकी एक नेपाली महिला एक छिनमा आउँछु है भनी एयरपोर्टबाटै फरार भइछन् । विचरी दिदी रुँदै रुँदै बम्बै एयरपोर्टमा पुगिछन् । संयोगले दिल्ली पढ्नको लागि जान लागेको एकजना नेपाली विद्यार्थी भेट भएछ र उसले उद्धार गरेछ नेपालसम्म ल्याइपु¥याउन ।” 

 कोही फेरि भन्दै थिए यो राम्रै मेनपावर हो । त्यो त्यस्तो फेक कम्पनी नहुनुपर्ने । साउदी अरब, मलेसिया, ओमन, दुबई, कतार, इजरायल, बहरायन, मालदिभ्स, मकाउ साथै युरोपको पोर्चुगल पनि केही वर्षदेखि काम गर्ने भिसामा पठाइरहेको छ यस मेनपावरले । म पनि त्यही सुनेर त्यही कुरालाई विश्वास मानी गाउँकै एकजना भाइमार्फत् यस कम्पनीमा आएको हुँ । विचरा त्यो भाइलाई पनि डुबाए यिनीहरूले । 

उसलाई सोध्यो, यिनीहरूको गल्ती भन्छ । यिनीहरूले दुबईस्थित कम्पनीलाई गल्ती देखाउँछ । हामी त अब श्रम मन्त्रालय जाँदैछौँ भाइ ।”

“यो भाइले धेरै नै बोल्यो । यसको समय सकियो । यिनलाई बाहिर पठाउ ।” अगाडि कुर्सीमा बसेको कर्मचारीले सुरक्षा गार्डलाई आदेश दियो । 

चौकीदारले जाऊँ भन्दै लग्यो बाहिर । 

“आदर्श सर ! समाजमा अनेक थरीका मानिस हुन्छन् । कुन राम्रो, कुन नराम्रो आफूले पनि निर्णय गर्नुपर्ने हुन्छ । हजुर आफैँमा शिक्षक, यो कम्पनीमा एसिस्टेन्ट मेनेजर भएर जाँदै हुनुहुन्छ हजुर । उनीहरू भनेका उचाल्ने, पछार्ने काम गर्न जान लागेका हुन् । उनीहरू गएको कम्पनी र हजुरको कम्पनी फरक हो । काम गर्दै जाँदा कहिलेकाहीँ यस्ता समस्या आइरहन्छन् । 

हेर्नुस्, विश्वास गरिएन भने अगाडि बढ्नै सकिँदैन । विश्वास ग¥यो कहिलेकाहीँ धोका खानुपर्छ । उहाँहरूलाई हाम्रो सरले पनि कति सम्झाउनु भइसक्यो । त्यही पैसाले अर्को कम्पनीमा जानुस्, केही महिना पर्खनुस् भन्दा पनि उहाँहरू मान्नुहुन्न । हाम्रो कम्पनीले त्यतिका कामदार पठाइरहेका छौ । के ती सबैजना विदेशमा अलपत्र छन् त ? दिनहुँजसो ४०–४० जना कामदारहरू हाम्रै कम्पनीबाट उडिरहेका छन् ।”

म घर सल्लाह गर्छु भनी निस्किएँ त्यहाँबाट । के गरौँ कसो गरौँ भयो । दुबई नजाऊँ करिब डेढ लाख पैसा बुझाइ सकेको छु । जाऊँ यस्तो कुसमाचार सुनिसकेको छु । तल आँगनैभरि पीडितहरूको भीड छ । घर परिवारको सम्झना झलझली भयो । बुढा बा, आमा, छोराछोरी अनि प्यारी श्रीमती, मेरा स्कुलका सरहरू, विद्यार्थीहरू सबै सबैको सम्झना आयो । 

आखिर शिक्षक जागिर पूर्ण रूपमा छोडेर हिँडेको पनि हैन । एक पटक हेडसरलाई फोन गर्न मन लाग्यो । दिउँसोको समय थियो । घण्टी गयो । उताबाट हेल्लो भन्ने आवाज सुनियो । 

“सर नमस्कार !”

“हजुर सर नमस्कार ! कहिले हो फ्लाइट तपाईंको ?”

“अर्को हप्ता हो सर ।”

“ल बधाई छ । अनि भिसा, प्लेन टिकट सबै भैसक्यो नि !”

“हजुर सबै भइसक्यो । मैले हेरें पनि । सबै ठिकै छ तर...।”

“के तर ? खै कसरी भनौँ ?” 

भन्नुस् न, किन सङ्कोच मान्नुहुन्छ, के भो र ?”

“सर मेरो जागिर यथावत् भए मैले त नजाने विचार गरेँ, भिसा लागे पनि ।”

“किन के भयो र ?”

“यो म्यानपावरले पठाउने गरेका मानिसहरूको असन्तुष्टि नै असन्तुष्टि छ, यहाँ त । धेरैको बिल्लिबाठ पारिदिएको रहेछ, यो म्यानपावरले त । अफिस नै घेरिरहेका छन् ७०–८० जना मानिसहरू । यस्तो जोखिम मोलेर के जानु सर ।”

“ठिक भन्नुभयो तपाईंले नजानुस् । तर नजाँदा कति क्षति हुन्छ त तपाईंलाई ।”

“त्यही डेढ लाख तिरिसकेको छु । ४० हजार कटाएर अरू पैसा फिर्ता गर्छु भनेको छ । प्लेन टिकटको कति फिर्ता आउँछ कुन्नि !”

“राम्रो निर्णय गर्नुभयो । आगो बलिरहेको छ भने हाम फाल्नु हुँदैन । जस्तो बलियो भए पनि आगो आगो नै हो, त्यसले खान्छ भने यसबाट जोगिएर बस्नु नै उत्तम हुन्छ । सबै शिक्षक र विद्यार्थीको प्रिय शिक्षक हुनुहुन्छ तपाईं । आउनुस्, तपाईंलाई यसै पनि स्वागत छ, आउनुहोस्, पढाउनुहोस् तपाईंकै विषय ।” 

“मैले त पहिला पनि भनेकै थिएँ । किन जानुहुन्छ विदेश, हामी जस्ता शिक्षकहरूले त स्वदेशलाई नै विदेश बनाउने हो नि भन्दा तपाईं र नारायण सरले उडाउनुभयो । विदेश त घुम्न जाने ठाउँ हो । अस्थायी शिक्षकहरू धमाधम स्थायी हुने बेला पनि आउन सक्छ । जे निर्णय गर्नुभयो, धेरै राम्रो निर्णय गर्नुभयो । ल भोलिदेखि नै आउनुहोस् पढाउन ।” 

हेडसरले फेरि सोध्नुभो– “अनि म्याडम के भन्नुहुन्छ त ?”

“सायद नरमाइलो मान्लिन् तर मैले भनेकै छैन यो विषयमा । घरमै गएपछि सम्झाउँला भन्ने सोच बनाएको छु । हुन त मेरै जिद्दीले गर्दा नजानुस् भन्न नसकेकी हुन् भन्ने लाग्छ । जेहोस्, उतै आएर सम्झाउनु पर्ला सर ।”

“हुन्छ म पनि भनौँला उहाँलाई । हुन त उहाँ आफै बुझ्ने हुनुहुन्छ । आफैँमा शिक्षिका पनि हुनुहुन्छ । ल यतै आउनुस्, सबै कुरा यतै गरौँला हुन्न ? म पनि स्कुलमै छु, सोमबार स्कुलमा भेटौँला, राखेँ अहिले फोन है त ।” बिदा भयौँ फोनमा । 

निधारभरि रातो टीका र माला लगाएर बिदा भएको म, फर्कंदा निधार र गलाले न्यास्रो मान्यो होला तर मनले भने चौडा छाती नै गर भनिरहेझैँ गरी म अनेकौँ सपना बोकी सानो घर नै सजाउने परिकल्पनामा डुब्दै घर फिर्तीका लागि रात्रि बसमा चढें । 

०००

“सानी ! तिमी नै भन, हामीसँग के थियो र हिजो, खरको सानो झुपडीबाहेक । तिमी बिहानै उठ्थ्यौ, गोबर माटोले भित्ता र भुइँहरू लिपपोत गथ्र्याै । एकछिनमा घर टलक्क टल्कन्थ्यो । म भैँसी दुहुन जान्थेँ । बा, आमा र केटाकेटीलाई खाना ख्वाइवरी घाँस काट्न जान्थ्यौँ दुवैजना । गाई, भैँसी, बाख्रालाई घाँस हालिदिएर हामी स्कुल जान्थ्यौ सँगसँगै । हामी दुवैजना एकै स्कुलमा पढाउने हुनाले विगतका ती पलहरूले गरेको यात्रामा कति सहजता थियो । करिब ५ वर्षपछि हामीले खरको छानोलाई हटाएर ढुङ्गाको छानो राख्यौँ । ढुङ्गा पनि गयो, टिन आयो । टिन पनि ४–५ वर्षपछि टिक्न नपाउँदै सिमेन्ट र बालुवाले विस्थापित गरिदियो । 

ढुङ्गाको गारोलाई इँटाले विस्थापित गराइदियो । पोहोर आएको भूकम्पको महामारीमा देवेन्द्रको त्यो अग्लो घरलाई गल्र्यामगुर्लुम्म ढालिदियो तर हाम्रो यो सानो घर, मायाको हाम्रो घरलाई ढाल्न सकेन भूकम्पले पनि । 

विगतमा गाउँका मानिसहरू प्रायः सबैसँग आँसी, नाम्लो, खुर्पेटो हुन्थ्यो । आज सबैको हातमा मोबाइल छ । सबैका घर घरमा रङ्गीन टीभी छ । घर घरमा पिउने पानीको धारो छ । सरकारी बजेट पनि कति कति विनियोजन भएको छ । बाटो, धारोको सुविधा, बिजुली बत्ती, सञ्चार आदि सुविधा के छैन र गाउँमा । स्वास्थ्य चौकी, सरकारी स्कुल, बोर्डिङ स्कुल सबै छन् गाउँमा । 

एउटा समय थियो, गाउँका मानिस विदेश जाने, कमाएर ल्याउने अनि घर सहर बजारमा किन्ने । बजारमा घर बनाउनकै लागि मात्र पनि मानिसहरू विदेश जान्थे । अब भने त्यो समय पुरानो भइसक्यो । अब त बजारका मानिसहरू गाउँ गाउँ चाप्दै छन् । बजारमा भन्दा गाउँमा व्यापार बढी हुन थाल्यो । पर्यटकहरू गाउँ गाउँ घुम्ने हुँदा उनीहरूलाई केन्द्रीयतामा राख्न थाले बुझ्नेहरू । 

आखिर विदेशै गए पनि एउटा घर दुईटामा परिणत होला । यी हेर त हाम्रा बाबुनानीहरू, कति राम्ररी पढिरहेका छन् । हाम्रो राम्रो हेरविचारले गर्दा त छोरीले विगत ५ वर्षदेखि पढाइमा निरन्तर राम्रो गरिरहेकी छन् । सधैँ प्रथम हुन्छिन् छोरी । अतिरिक्त क्रियाकलापमा पनि छोरीको प्रदर्शनी उत्कृष्ट छ । सबै यसै भन्छन् । अनि छोराले गरेको प्रगति पनि सह्रानीय छ । बा आमा यो उमेरको भइसक्नु भयो, अब कति नै सेवा गर्न पाइएला र ! डाँडामाथिको घाम भइसक्नु भएका आदरणीय बुबा, आमा । 

हेडसरले भन्नुभएको कुरा पहिल्यै राम्ररी सुनेको भए नजाने गाउँको बाटोझैँ हुन्थ्यो होला । ठीकै छ, जीवन हो, यस यात्रामा कहिले कस्ता तरेली भेटिन्छ त कहिले कस्ता अल्ड्याङ्ग्रा र खल्ड्याङ्ग्रा भँगालाहरू सामना गर्नुपर्छ हामी मान्छेले । बेलैमा चेत पाउन सक्नु मानवको अर्को परिचय पनि त हो नि । सोमबारदेखि फेरि पढाउन आउनु भन्नु भएको छ हेडसरले । 

यी हेर त गाउँमा भर्खरै मात्र चिडिया घर, रिसोर्ट, प्याराग्लाइडिङ, बन्जी जम्प, विभिन्न मठ–मन्दिरको निर्माण कार्य हुँदैछ । अबको हिउँदमा नयाँ कार्यसमिति चयन गर्ने भनिरहेका छन् । सबैको सहमति जुटेमा एउटा कार्यकालका लागि गाउँ विकासका लागि नेतृत्व गर्ने सोच पनि पलाएर आएको छ । अब त हाम्रो गाउँ स्वीजरल्यान्ड र सिङ्गापुरभन्दा कम हुँदैन ।” 

“हजुर स्वीजरल्यान्ड र सिङ्गापुर जानुभएको छ र ?”

“त्यहीँ जानुपर्छ र ! यहीँ बसी बसी पुग्न सकिन्छ । युट्युब र गुगलबाट सबैथोक यहीँ मोबाइलमा देख्न सकिन्छ, यी हेर त ।” देखाएँ स्वीजरल्यान्ड र सिङ्गापुर स्मृतिलाई ।

–“हाम्रो नेपाल पनि हेर्न सकिन्छ । यी ल हेर पोखरा, काठमाडौं, के हेर्ने मनाङ, मुस्ताङ, तानसेन अनि हाम्रो गाउँ । ल हेर त, कति रमाइलो हाम्रो गाउँ, सिङ्गापुर र स्वीजरल्यान्डभन्दा पनि राम्रो देखिँदो रहेछ त । तिमी अहिल्यै त्यसो भन्दैछौ, अब अघि भनेका सबै संरचनाको निर्माण हुँदा कस्तो देखिन्छ होला हाम्रो गाउँ अनि हाम्रो पवित्र माया । यो सानो घरभित्र जुनी जुनीको लागि रहिरहनेछौँ सानी । 

त्यसैले गइनँ भो विदेश । मेरो प्यारो घर छोडेर । तिमीहरूको पवित्र मायालाई छोडेर केका लागि जाऊँ म विदेश ! छँदा खाँदा सबैथोक यहीँ स्वदेशमा । 

त्यसैले सानी यी सबै दृष्टान्त सम्झेर ल्याउँदा यो हाम्रो सानो घरको मायाको डोरीलाई अझ बढी कसिलो बनाउँदै लान सके सुख र खुसीले बनेको विशाल सागर यहीँ भित्रदेखि फर्केको हुँ म त, यही मेरो सानो मायाको घरमा । तिम्रो जो आज्ञा ।”

“यति धेरै हजुरले भन्नु भएपछि के भन्न बाँकी रहन्छ र मैले । तर पनि नेपाली साहित्यिक फाँटका अजम्बरी व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन गीतिकाव्यभित्रको एउटा अनुच्छेद त भन्नै पर्छ मैले–

हातका मैला, सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप