प्रदेश १ : नेकपा एस संगठन विस्तार र कमिटी निर्माणमा केन्द्रीत हुने
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ ।
सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेश सरकार र मन्त्रीहरूसँग सम्बन्धित विषयमा पनि रिपोर्टिङ भएको छ । बैठकले सदस्यता नवीकरण, विस्तारलगायत सबै प्रकारको अभिलेखीकरणको कामलाई भदौ महिनाभरि सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, पार्टीका सचिव तथा सह–इञ्चार्ज एवं प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेशका मन्त्रीहरूको उपस्थिति थियो । शनिबार जनसंगठनका प्रमुखहरु सहितको बैठक बसी थप कार्ययोजना बनाउने सचिव रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने