बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन
![बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन](https://rpcdn.ratopati.com/media/albums/road_coB5nT41xR.jpg)
म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए । “एक हप्ता लगाएर पुल मर्मत गरेपछि सवारीसाधन सञ्चालन हुन थालेको छ”, उनले भने, “पुल मर्मत भएपछि २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा यातायात सञ्चालन भएको छ ।”
२५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाले ३७ थान र मालिका गाउँपालिकाले २५ थान ग्यावीन जाली भरेका छन् । गाउँपालिकाले मजदुर परिचालन गरेर ६२ थान ग्यावीयनमा ढुङ्गा भरेर सडक मर्मत गरेको हो । पुलको मालिकातर्फको पिल्लरभन्दा गहिरो गरेर खोला बग्नुका साथै पहुँचमार्ग साँघुरिएर सवारी साधन आवतजावत बन्द भएको थियो । पुल मर्मत र सञ्चालन भएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।
बेनी–दरवाङ मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले विसं २०७६ मा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखु खोलाको पुलको बारेमा मन्त्रालयबाट आएको विज्ञ टोलीले अध्ययन गरेको बताए । पुल तल दुखु खोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’